चितवन पुस १४ । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत नौ किलोबाट तेल बोकेको ट्याङ्कर त्रिशूलीमा खसेको छ। खाने तेल बोकेको ट्याङ्कर आज साँझ त्रिशूलीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याङ्कर इच्छाकामना गाउँपालिका–६ नौ किलोबाट त्रिशूलीमा खसेको हो। ट्याङ्करका चालक र सहचालक सम्पर्कविहीन रहेको उनले जानकारी दिए।
ट्याङ्करको केही भागमात्र पानीबाहिर देखिएको प्रहरीले जनाएको छ। घटनालगत्तै उद्धार र खोजी कार्यमा जुटेको प्रहरी उपरीक्षक अधिकारीले बताए। – रासस
Facebook Comments


























