क्वालालम्पुर, पुस ११ । मलेसियामा बाढीबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ। शनिबारदेखि निरन्तर आएको वर्षापछिको बाढी पहिरोमा केही हराइरहेका छन्। बाढीबाट नदीहरुको बहाव बढेको छ भने राजमार्गका मुख्य सडक अबरुद्ध भएका छन्। बाढीका कारण दशौं हजार मानिस विस्थापित भएका छन्।
बाढीबाट देशकै ठूलो जनसंख्या भएको सेलानगोर प्रदेश नराम्रोसँग प्रभावित छ। प्रदेश राजधानी शाह अलमका बाढीबाट प्रभावित मानिसहरु घरमै बिचल्लीमा परेको प्राप्त विवरणहरुमा जनाइएको छ। उनीहरुलाई डुंगाबाट उद्दार गरिएको थियो।
बाढीका कारण पाँच जना हराइरहेको ५५ हजार मानिस विस्थापित भएको प्रहरीले जनाएको छ। दक्षिण पूर्वी एशियाली देश मलेसियामा नोभेम्बरदेखि जनवरीसम्म वर्षा मौसममा हरेक वर्ष जाने बाढी पहिरोमा ठूलो जनधनको क्षति हुने गरेको छ। एजेन्सी
Facebook Comments














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











