काठमाडौँ, मंसिर २९ । एमाले अध्यक्ष केपी शर्मा ओलीले मनोनित केन्द्रीय सदस्यहरुलाई शपथ ग्रहण गराएका छन्। तुलसीलाल प्रतिष्ठान च्यासलमा आयोजित एक कार्यक्रमा ओलीले मनोनित ४४ सदस्यलाई शपथ ग्रहण गराएका हुन्।
एमालेले खुला २०, महिला १५ र पार्टी एकताको प्रक्रियाबाट आएका नौ जना गरी जम्मा ४४ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेकको थियो। एमालेको विधानमा भएको व्यवस्था अनुसार केन्द्रीय कमिटीको कूल संख्या ३०१ अन्तर्गत १० प्रतिशत सदस्य मनोनित गरिएको हो।
तर, मनोनित गरिँदा पार्टीमा लामो समय योगदान पुर्याएका नेता कार्यकर्तालाई बेवास्ता गर्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईँ तथा कयौँ जुनियर कार्यकर्ता परेको भन्दै आलोचना भइरहेको छ।
Facebook Comments


























