मंसिर २४ । दक्षिण मेक्सिकोमा आप्रवासी बोकेको ट्रक दुर्घटना हुँदा कम्तिमा ४९ जनाको मृत्यु भएको छ भने एक दर्जनभन्दा बढी घाइते भएका छन्। चियापास राज्यको एउटा पुलमा ठोकिदा ट्रक दुर्घटनामा परेको हो। दुर्घटनापछि ट्रक सडकमा उत्तानो परेको थियो।
बीबीसीमाअनुसार दुर्घटनाका ५८ घाइतेमध्ये केहीको अवस्था गम्भीर छ। घाइते हुनेमा महिला र बालबालिका पनि छन्। सो ट्रक होन्डुरसबाट आप्रवासी बाकेर मेक्सिकोतर्फ जाँदै गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
ग्वाटेमालासँग जोडिएको चियापास राज्य गैरकानुनी आप्रावासीका लागि मुख्य ट्रान्जिट पोइन्ट हो।
Facebook Comments


























