मंसिर २४ । बलिवुड अभिनेत्री कट्रिना कैफ र अभिनेता विक्की कौशल विवाह बन्धनमा बाधिएका छन्। कट्रिना र विक्कीले विहिबार जयपुरको होटल सिक्स सेसंस फोर्ट रिसोर्टमा आफ्ना परिवार र नजिकका साथिहरुको उपस्थितिमा विवाह गरेका हुन्।
कट्रिना र विक्कीको विवाहपछि सामाजिक संजालमा तस्वीर र भिडियो सार्बजनिक गरेका छन्। कडा सुरक्षाका बीच विवाह कार्यक्रम सम्पन्न भएको थियो।
तिब्र गतिमा तयारी भैरहेको भएपनि दुवैले औपचारिक रुपमा भने जानकारी दिएका थिएनन्। विवाहमा दुवै तर्फका परिवार र नजिकका मित्रहरु गरी करिब १२० जना सहभागी भएको बताइएको छ।
विवाहपछि दुवैले रिसोर्ट बाहिर उपस्थित रहेका पत्रकारलाई मिठाई बाडेका थिए।
Facebook Comments


























