काठमाडौँ, मंसिर १९ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन विजयी भएका छन्। लिङ्देनले १८४४ मत प्राप्त गरेका थिए भने थापाले १६७७ मत प्राप्त गरेका थिए। ४१३ मत बदर भएको थियो।
निवर्तमान अध्यक्ष कमल थापाले सामाजिक सञ्जालमाफर्त हार स्वीकार गरेका छन्। थापा र लिङ्देनबीच कडा प्रतिस्पर्धा भएको थियो। शनिबार राति मतदान सम्पन्न भएपछि मतगणना सुरु भएको थियो। सुरुदेखि नै अग्रता बनाएका लिङ्देनले बाजी मारेका हुन्।
थापाले फेसबुकमा एक पोस्ट लेख्दै हार स्वीकार गरेका छन्। तर उनले हारका लागि पूर्वराजा ज्ञानेन्द्र शाहमाथि आरोप लगाएका छन्। उनले निर्मल निवासको नांगो हस्तक्षेप भएको भन्दै भत्सर्ना गरेका छन्।
Facebook Comments


























