काठमाडौं, मंसिर १६ । राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षका लागि उम्मेदवारी दर्ता शुल्क १ लाख रुपैयाँ तोकिएको छ। यो शुल्क नेपालको राजनीतिक दलहरुको उम्मेदवारी दर्तामा अहिलेसम्मकै सर्वाधिक शुल्क हो।
राप्रपाको उपाध्यक्षमा उम्मेदवारी दिन ७५ हजार, महामन्त्रीका लागि ५० हजार र केन्द्रीय सदस्यका लागि १५ हजार रुपैयाँ शुल्क तोकिएको छ। निर्वाचन समितिका संयोजक निरञ्जन थापाले शुल्कबारे जानकारी दिए।
उम्मेदवारी दर्ता गरी निर्धारित समयमा फिर्ता नलिएमा रकम राप्रपाको कोषमा दाखिला हुने बुझिएको छ। राप्रपामा अध्यक्ष १, महिलासहित ४ उपाध्यक्ष, महिलासहित ३ महामन्त्री र १४१ केन्द्रीय सदस्य चयन हुने भएको छ। राप्रपामा उम्मेदवारी दर्ताका लागि चर्को शुल्क लिइएबाट दशौं लाख रकम संकलन हुने देखिएको छ।
Facebook Comments


























