चितवन, मंसिर ११ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नै सर्वसम्मत अध्यक्ष बनाउन माग गर्दै सौराहा स्थित होटल सेभेन स्टारको बन्दसत्र हलबाहिर नाराबाजी गरिएको छ।
१०औं महाधिवेशनको बन्दसत्र शुरू हुनुअघि २०–२५ जनाको समूहले अध्यक्ष ओलीको पक्षमा नाराबाजी गरेको हो। अध्यक्ष ओली पक्षका महाधिवेशन प्रतिनिधिले सर्वसम्मति गर्न दबाब दिन हलबाहिर नाराबाजी गरेका छन्।
एमाले महाधिवेशनका लागि तयार पारिएको आचारसंहितामा भने कुनै पनि पक्षमा सभा–जुलुस गर्न, गराउन नपाइने उल्लेख छ ।
उपाध्यक्ष भीम रावलले एमाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
Facebook Comments

























