मुम्बई, मंसिर १० । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु केही समययता चर्चामा छिन्। उनी आफ्नो व्यावसायिकसँगै व्यक्तिगत जीवनलाई पनि लिएर चर्चामा आएकी हुन्।
गत महिना सामन्थाले पति नागा चैतन्यसँग सम्बन्धविच्छेद गरेपछि उनका फ्यानलाई ठूलो झड्का लागेको थियो। यिनै सामन्था अहिले व्यावसायिक विषयका कारण चर्चामा छिन्। सामन्था हलिउड फिल्म ‘अरेजमेन्ट्स अफ लभ’मा अनुबन्धित भएकी छन्। फिल्मको निर्देशन ‘बाफ्टा अवार्ड’ विजेता निर्देशक फिलिप जोनले गर्नेछन्।
फिलिपले कैयौं चर्चित टेलिभिजन शो निर्माण गरेका छन्। जसमा ‘द गुड कर्मा हस्पिटल’ र ‘डाउनटाउन एबे’ जस्ता हिट शो छन्। उनको फिल्मको निर्माण सुनीता टाटीको प्रोडक्सन हाउस गुरु फिल्मस्ले गर्नेछ।
फिल्म ‘अरेन्जमेन्ट्स अफ लभ’ सन् २००४ मा सार्वजनिक भएको ‘बेस्ट सेलिङ नोभल’मा आधारित छ। फिल्ममा सामन्थाको भूमिका एक भारतीय जासुसको हुनेछ।
सामन्थाले ‘द फेमिली २’मा दक्षिण भारतीय क्षेत्रबाहिर आफ्नो फ्यान फलोइङ बढाएकी थिइन्। बलिउड लाइफ


























