चितवन, मंसिर १० । नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारबाट चितवनमा शुरु हुँदै छ। एमाले अध्यक्ष केपी ओलीले महाधिवेशनस्थल नारायणी नदी किनारमा अहिले केहिबेरमा उद्घाटन गर्दैछन्।
महाधिवेशनको उद्घाटन सत्र सुरू हुनै लाग्दा देशका विभिन्न क्षेत्रबाट आएका सहभागी नेता कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा भइरहेका छन्।
नेताहरु पृथ्वीसुब्बा गुरूङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुविर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता भने होटेलमै रहेको बताइएको छ। आइतबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ।


Facebook Comments


























