चितवन, मंसिर ९ । नेकपा एमालेका प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड एमाले महाधिवेशनमा उपस्थित हुने विश्वास लिएको बताएका छन्।
बिहीबार चितवनको भरतपुरस्थित नारायणी किनारमा पत्रकार सम्मेलन गर्दै भट्टराईले प्रचण्डको आफ्नै जिल्ला भएकाले पनि आएर शुभेच्छा दिने विश्वास व्यक्त गरेका हुन्।
‘प्रचण्डजी आउनुहुन्छ र शुभेच्छा दिनुहुन्छ भन्ने लागेको छ। हामी आशा गर्दछौँ। उहाँकै जिल्ला हो, उहाँ आएर शुभेच्छा दिनुहुन्छ भन्ने विश्वास छ‚’ पत्रकारहरूसँग कुरा गर्दै उनले भने।
Facebook Comments


























