काठमाडौं, मंसिर ४ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले एमाले अहिले शुद्ध भएको बताएका छन्। काठमाडौंमा शनिबार आयोजित नेपाल संवत् ११४२ का अवसरमा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले एमालेको फोहोर पन्छिएको बताए।
‘अहिले बल्ल नेकपा एमाले शुद्धीकृत, शुद्ध बनेको, फोहोर नभएको, फोहोर पन्छिएको बनेको छ,’ उनले भने, ‘त्रिशूलीमा कहिलेकहिले झारपातहरु परेको हुन्छ। छालले बगाउँदै(बगाउँदै किनारामा लान्छ। नेकपा एमालेबाट पनि किरानामा गइसकेका कुडाकर्कटहरु, फोहोरविनाको अब स्वच्छ एमाले छ।’
उनले अहिलेको स्वच्छ एमाले एकमना एकताका साथ, सुदृढ एकताका साथ अगाडि बढ्ने बताए। एमालेले नै विजय हासिल गर्ने र राष्ट्र निर्माणको काममा अगाडि बढ्ने उनको भनाइ छ।
Facebook Comments


























