कार्तिक २७ । अमेरिकाका विभिन्न स्थानमा छायांकन गरिएको नेपाली फिल्म ‘ओभरडोज’को ट्रेलर सार्वजनिक भएको छ। आगामी मंसीर १७ गते रिलिज हुने फिल्मको ट्रेलरमा प्रेम, रोमान्स र एक्सन समेटिएको छ।
दादा प्रोडक्सन हाउस र रिच इन्टरटेनमेन्टको संयुक्त व्यानरमा निर्माण भएको फिल्ममा सुमन पौडेलको निर्देशन छ।
फिल्ममा प्रनिशराज पन्त, सबिनजंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नरलगायत कलाकारको अभिनय छ। फिल्मका निर्माता जीवनकुमार केसी हुन्।
फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन, गुच्ची भाईको छायांकन, कमल पाण्डेको भिजुअल इफेक्ट र उपेन्द्र पन्जियार तथा जुनियर मोरेनोको लेखन छ।
फिल्म जिजि ग्रुप उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्दैछ।
Facebook Comments


























