मुम्बई, कार्तिक १३ । मुम्बई क्रुज ड्रस मुद्धामा करिब तीन हप्ता जेलमा बसेका अभिनेता शाहरुख खानका छोरा आर्यन खान शनिबार रिहा भएका छन्। बिहीबार अदालतबाट जमानत पाएका आर्यनलाई शनिबार मुम्बईको आर्थर रोड जेलबाट रिहा गरिएको हो।
आर्यनका लागि शाहरुखको मिल्ने साथी जुही चावलाले जमानत रकम १ लाख रुपैंयाँ प्रशासनलाई दिएकी थिइन्। आर्यनलाई लिनका लागि शाहरुख जेल पुगेका थिए।
जेलबाट बाहिर निस्कदा आर्यन निकै खुशी देखिएका थिए। उनले जेल प्रशासनलाई धन्यवाद व्यक्त गरेका थिए। आर्यनलाई जमानत दिनका लागि हाई कोर्टले कैयौं शर्त राखेको थियो।
अब आर्यनले यो मुद्धा नसुल्झिएसम्म कोही अन्य आरोपीसँग सम्पर्क गर्न पाउनेछैनन्। उनी प्रमाणमाथि छेडछाड गर्न पाउने छैनन्। आर्यनले आफ्नो पासपोर्ट नजिकको पुलिस स्टेसनमा बुझाउनुपर्नेछ। उनले मिडियामाझ पनि आफ्नो कुरा राख्न पाउनेछैनन्। यतिमात्र होइन अदालतको अनुमति बिना उनी देशबाहिर पनि जान पाउदैनन्।
गत अक्टोबर २ मा आर्यनसहितको टोलीलाई एनसीबीले पक्राउ गरेको थियो। त्यसपछि अक्टोबरमा ७ मा उनलाई आर्थर रोड जेलमा सारिएको थियो। उनीसँगै मुनमुन धमेचा र अरबाज सेठ मर्चेन्टलाई पनि पक्राउ गरिएको थियो। सबैजना अक्टोबर ७ देखि जेलमा बन्द थिए।
कैयौंपटक उनीहरुको जमानत याचिकामा सुनुवाई भए पनि जमानतको आदेश दिइएको थिएन। तर अदालतले बिहीबार उनीहरुलाई जमानतको आदेश दिएको थियो। बलिउड लाइफ














![:jfutkl5 ;fd"lxs t:jL/df
ag]kf, !^ k'; M
g]kfn ko{6g jif{ @)@)Ú sf] cj;/df lhNnf tyf gu/:tl/o cfof]hs ;ldltn] sfe|]knf~rf]ssf] w'lnv]ndf cfof]hgf ul/Psf] sfo{qmddf ljb]zL kfx'gfnfO{ vfbf nufP/ :jfut u/]kl5 ;fd"lxs t:jL/df ljb]zL kfx'gf . t:jL/ M k]df nfdf÷ /f;;](http://i0.wp.com/lagatarnews.com/wp-content/uploads/2020/01/PemaLama_Banepa_RSS_DSC_0466.jpg?resize=150%2C150&ssl=1)











