चितवन, कार्तिक १२ । विश्वभर पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार ५४३ जना कोरोना संक्रमणमुक्त भएका छन्।
संक्रमणमुक्त हुनेमा पनि सबैभन्दा अगाडि अमेरिका छ। जहाँ एकदिनमै ६७ हजार १०१ जना निको भएका छन्। त्यसपछि बेलायतमा २९ हजार ४५४, रुसमा २९ हजार ३१८, टर्कीमा २७ हजार ६५१, ब्राजिलमा १४ हजार २८ र भारतमा १३ हजार २२३ जना संक्रमणमुक्त भएका छन्।
यस्तै, ४ लाख ७१ हजार ९८५ जना कोरोना संक्रमित थपिएका छन्। ७ हजार ८१२ जना संक्रमितको मृत्यु भएको छ।
ओल्डोमिटरको पछिल्लो विवरणअनुसार थपिनेमा सबैभन्दा धेरै अमेरिकामा ७६ हजार ४३, रुसमा ४० हजार ९६, बेलायमा ३९ हजार ८४२, टर्कीमा २५ हजार ५२८, ब्राजिलमा १५ हजार २६८ र भारतमा १४ हजार ३२३ जना रहेका छन्।
यसैगरी मृत्यु हुनेको संख्या पनि अमेरिकामै धेरै छ । जहाँ एक हजार २०३ जना संक्रमितको मृत्यु भएको छ। त्यसैगरी रुसमा एक हजार एक सय ५९, भारतमा ८०३, ब्राजिलमा ३९९, टर्कीमा २२९ र बेलायतमा १६५ जनाको कोरोना संक्रमणकै कारण ज्यान गएको छ।


























