काठमाडौं, कार्तिक १० । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आज (बुधबार) ११ इजलास तोकेका छन्। पछिल्लो समय नेपाल बार एशोसिएसशनले समेत प्रधानन्यायाधीश जबराको राजीनामा मागेको छ। राजीनामा नदिए देशव्यापी रुपमा आन्दोलन गर्ने बारको चेतावनी छ।
उता, न्यायाधीशहरुले समेत आईतबार, सोमबार र मंगलबारसम्म इजलास बहिष्कार गरिसकेका छन्। न्यायाधीशहरुको संयुक्त बैठकले पनि प्रधानन्यायाधीश जबराले मार्गप्रशस्त गर्नुपर्ने निश्कर्ष छ। हिजोमात्रै उनीहरुले प्रधानन्यायाधीश जबरालाई भेटेका थिए।
तर, प्रधानन्यायाधीश जबराले भने कुनैपनि हालतमा राजीनामा नदिने अडान लिएका छन्। उनले आफूले राजीनामा दिनुपर्ने भए सबै न्यायाधीशले राजीनामा दिनुपर्ने अडान राखेका छन्।
Facebook Comments


























