काठमाडौं, कार्तिक ५ । नेकपा एमालेको आन्तरिक विवाद समाधानका लागि भएको १० बुँदे सम्झौता कार्यान्वयनका लागि बनेको कार्यदलका संयोजक भीम रावलले राजीनामा दिएका छन्। तत्कालीन माधव समूह र ओली समूहबीच १० बुँदे सहमति भएको थियो।
सो सहमति भए पनि माधवकुमार नेपालले नेकपा (एकीकृत समाजवादी) बनाउँदै एमाले विभाजन गराएका छन्। तर, उनलाई साथ दिँदै आएका भीम रावलहरु भने एमालेमै बसेकाथिए।
रावलले १० बुँदे अक्षरंश कार्यान्वयन हुनुपर्ने बताउँदै आएका थिए। त्यसपछि अध्यक्ष केपी शर्मा ओलीले रावलकै संयोजकत्वमा कार्यदल बनाएका थिए। तर, रावलकै हकमा १० बुँदे कार्यान्वयन नभएपछि असन्तुष्ट भएका उनले शुक्रबार राजीनामा दिने घोषणा गरेका हुन्।
Facebook Comments


























