असोज २८ । ताइवानको एक १३ तले टावरको ब्लकमा आगलागी हुँदा ४६ जनाको मृत्यु भएको छ। ताइवानको दक्षिणमा पर्ने काओशुङ शहरको एक आवासीय र व्यावसायिक भवनमा आज बिहान आगलागी भएको हो।
आगो निभाउन अग्नि नियन्त्रकहरुलाई चार घण्टा लागेको थियो । स्थानीय दमकल विभागलाई उद्धृत गर्दै ७९ जनालाई अस्पताल लगिएको बिबिसीले जनाएको छ।
घाइतेमध्ये १४ को अवस्था गम्भिर रहेको बताइएको छ। आगलागीको कारण खुल्न सकेको छैन।
Facebook Comments


























