चितवन २३ असोज । चितवन उद्योग संघले शनिबार नयाँ नेतृत्व चुनेको छ। संघको ३०औं साधारण सभा तथा १६औं अधिवेशनबाट वर्ष २०७८/८० को लागि त्रिलोचन कँडेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो।
कार्यसमितिको उपाध्यक्षहरूमा सूर्यप्रसाद न्यौपाने, मदन घिमिरे, गजेन्द्र अधिकारी, युगराज वस्ती, मदन चिरञ्जिवी पोखरेल र ताराबहादुर कार्कीलाई चयन गरिएको छ।
यस्तै कार्यसमिति सदस्यहरूमा भने गोविन्द्रप्रसाद खनाल, युवराज पाठक, चन्द्रकान्त सुवेदी, सुदीपकुमार ओली, भोजराज खनाल, नरबहादुर नेपाल, प्रतिभा श्रेष्ठ, जीतबहादुर हमाल, गोपालप्रसाद गैरे, डा प्रमोद लामिछाने चयन भएका छन्।
यस्तै दिनुपकुमार बराल, दण्डपाणि भट्ट, महेन्द्रबहादुर बानियाँ, पुरूषोत्तम रिजाल, अमर घिमिरे, परमेश्वर भण्डारी, चन्दना कोइराला, दुर्गालाल सापकोटा, पार्वती कुवँर, सुरेन्द्र कार्की, वसन्त पौडेल र विशाल चापागाईलाई पनि कार्यसमिति सदस्य पदमा चयन गरिएको हो।
संघको साधारण सभा तथा अधिवेशनलाई शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गरेका थिए। संघले चितवनमै सबैभन्दा ठूलो औद्योगिक प्रदर्शनी केन्द्रको निर्माण गरिरहेको छ।

संघको साधारण सभा तथा अधिवेशनले नयाँ नेतृत्व पाएसँगै संघसँग सम्बन्धित सहकारी संस्थाले पनि शनिबारदेखि नयाँ नेतृत्व पाएको छ। त्रिलोचन कँडेलको अध्यक्षतामा चितवन औद्योगिक विकास बचत तथा ऋण सहकारी संस्थाको नेतृत्व चयन भएका हुन्। संस्थाको १०औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशनबाट चयन भएको कार्यसमिति उपाध्यक्षमा सूर्यप्रसाद न्यौपाने, सचिवमा मदन घिमिरे र कोषाध्यक्षमा गोपालप्रसाद गैरे छन्।
यस्तै सदस्यहरूमा भने युगराज वस्ती, दण्डपाणि भट्ट, महेन्द्रबहादुर बानियाँ, चन्द्रकान्त सुवेदी, जीतबहादुर हमाल, पार्वती कुँवर र सुरेन्द्र कार्कीलाई चयन गरिएको चितवन उद्योग संघले जनाएको छ।
सभाले गोविन्द अर्यालको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति गठन गरेको छ, जसको सदस्यहरूमा लक्ष्मण पोखरेल र ईश्वरीप्रसाद रिजाल छन्। त्यसैगरी गोपालप्रसाद गैरेको संयोजकत्वमा ऋण उपसमिति गठन गरिएको छ, जसको सदस्यहरूमा प्रतिभा श्रेष्ठ र परमेश्वर भण्डारी छन्।
दण्डपाणि भट्टको संयोजकत्वमा शिक्षा उप–समिति गठन गरिएको छ, जसको सदस्यहरूमा सुरेन्द्र कार्की र दुर्गालाल सापकोटा छन् भने चन्द्रकान्त सुवेदीको संयोजकत्वमा गोविन्दप्रसाद खनाल, युगराज पाठक, सुदीपकुमार ओली, भोजराज खनाल र नरबहादुर नेपाल सदस्य रहने गरी सदस्यता विस्तार उपसमिति गठन गरेको छ।
मदन घिमिरेको संयोजकत्वमा पुरूषोत्तम रिजाल र दिनुपकुमार बराल सदस्य रहने गरी सम्पत्ति व्यवस्थापन उपसमिति गठन गरेको छ।


























