चितवन, असोज २३ । नेकपा एमाले स्थायी कमिटी सदस्य रामवहादुर थापा (बादलले) आगामी निर्वाचनपछि नेकपा एमालेले देशको पुन: नेतृत्वगर्ने दावी गरेकाछन्। नेकपा एमाले कालिका नगरकमिटीले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता बादलले सत्तावाट विशेष कारणले प्रतिपक्षमा पुगेको नेकपा एमाले पार्टीलाई अबको निर्वाचनपछि फेरि देशको नेतृत्वगर्ने जिम्मवारी हुने दावी गरे।
कम्युनिष्टपार्टीहरु फुट्नुको कारणबारे समिक्षागर्दै सम्पन्न विद्यान महाधिवेशनवाट नेता कार्यकर्तादेखि आम मतदाताहरु समेत उत्साहित देखिएको बताए। विद्यान महाधिवेशले संगठनात्मक सिद्धान्तसँगै नेतृत्व निर्माणको सिद्धान्तमा देखिएको त्रुटिलाई सच्चाएर गुटबन्दीगर्ने परिपार्टीको अन्त्य गरिएको जानकारी दिए।
पूर्व गृहमन्त्री समेत रहेका नेता बादलले महाधिवेशनवाट कार्यकारी पदहरुमा, पदाधिकारीहरुमा, मुख्य नेतृत्वमा २ कार्यकाल भन्दाबढी रहन नपाउने सिद्धान्त प्रतिपादन गरिएको बताए। एउटै पदमा वषौं सम्म ररिहरहने परिपार्टी सकिएसँगै नयाँ अनुहारहरुले अवसर पाउँदै गएपछि पार्टीभित्र गुटबन्दी सधैका लागि समाप्त हुने उनको विश्वास छ।
नेता बादलले पार्टीलाई पुर्न निमार्णमा जोड दिएकाछन्। विधान महाधिवेशनमा भएको छलफल अनुसारनै कम्युनिष्ट आन्दोलनलाई फेरि एकीकृतगरी पार्टीलाई पुर्न निर्माणगर्ने पार्टीको नीति रहेको प्रष्ट पारे। नेता बादलले स्थानीय तहका नेता कार्यर्तालाई निर्वाचनको तयारीमा लाग्न समेत निर्देशन दिए। अब आउने चुनावमा सबैठाउँमा एमालले पार्टीले बहुमत ल्याउनुपर्नेगरी चुनावको तयारी लाग्न निर्देशन दिए।
कार्यक्रममा नेकपा एमाले बागमती प्रदेश सह इन्चार्ज काशीनाथ अधिकारीले अदालतको सेटिङवाट बनेको कम्र्फटेवल सरकारले जनताको मन जित्न नसक्ने जिकिर गरे। नेता अधिकारीले देश बनाउने भिजन एमाले पार्टीसँगमात्रै भएको दावी गरे। सम्बृद्ध नेपाल र सुखी नेपाली भन्ने नारालाई अबको निर्वाचन पछि नेकपा एमाललेको नृत्वमा बन्ने सरकारले पुरागर्ने बताए।
नगर कमिटी अध्यक्ष केशव लामाको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा काँग्रेस र माओवादी केन्द्रपार्टी परित्याग गरेका ७५ जना युवाहरु एमाले पार्टी प्रवेश गरेका छन्।


























