चितवन, असोज २३ । कालिका मिडियाले आयोजना गरेको ‘एकोस्टिक सिंगिङ कम्पिटिसन’ मा लम्जुङ्गका अमित रसाईली प्रथम भएका छन्।
कालिका एफ.एम.को गौरबमय १९ औँ तथा कालिका एचडिको सातौँ बार्षिकोत्सवको अवसरमा आज आयोजित प्रतियोगितामा ११ जना प्रतिसप्रर्धिलाई पछि पार्दै रसाईली प्रथम भएका हुन्।
बिजयी भएका रसाईलीले ६ हजार रुपैयाँ जितेका छन्। त्यस्तै भरतपुर महागनरपालिका-९ का उत्तम श्रेष्ठ द्धितीय र गैडाकोटका रामबहादुर थापा तृतीय भएका छन्। उनीहरुले क्रमशः ४ हजार र ३ हजार रुपैयाँ जितेका छन्। बिजेतालाई पुरस्कार असोज २६ गते प्रदान गरिने कालिका एफ।एमका निर्देशक दिपक पौडेलले जानकारी दिए।
प्रतियोगितामा नाम दर्ता गराएका व्यक्तिलाई छनोट गरेर ११ जनालाई सहभागिता गराईएको थियो। उनीहरुले समसामयिक विषय प्रस्तुलाई संगित मार्फत प्रस्तुत गरेका थिए। एक जना प्रतियोगिका लागि तीन मिनेट समय तोकिएको थियो। प्रतियोगिताको निर्णयकमा संगितकार भूवन प्यासी रहेका थिए।
कालिका एफ.एमले कलाकारको सम्मान गर्दै प्रत्येक बर्ष विभिन्न कार्यक्रम गर्दै आएको निर्देशक पौडेलले जानकारी दिए। कालिका एफ.एमले प्रत्येक बर्ष बार्षिकोत्सवको अवसर पारेर करिव एक महिना भर विभिन्न कार्यक्रमको आयोजना गर्दै आएको छ। यसबर्ष पनि असोज १ गते देवघाटमा रहेका बृद्धाबृद्धालाई स्वास्थ्य परिक्षण तथा भोजन गराएर कालिका एफ।एमले बार्षिकोत्सवका कार्यक्रम सुरुवात गरेको थियो। यो बिचमा कृषिमा यान्त्रीकरण, फस्टाउँदो सामाजिक सञ्जाल र मुल धारको मिडिया विषयक अन्तरक्रिया, कालिकाको चौतारी, कालिका फेसबुक क्वीज लगायतका कार्यक्रम गरेको थियो। एफ.एमको बार्षिकोत्सव असोज २६ गते समापन हुँदैछ।


























