काठमाडौं, असोज १७ । सरकारले डडेलधुरासहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हेरफेर गरेको छ।
गृहले २ सहसचिव र ५ उपसचिवसहित १६ जना कर्मचारीको सरुवा गरेको हो। टिकापुरको इलाका प्रशासन कार्यालयमा कार्यरत उपसचिव मोहनराज जोशीलाई डडेलधुरामा सीडीओ बनाइएको छ। डडेलधुराका सीडीओ रहेका हरिप्रसाद घिमिरेलाई गृह मन्त्रालयमा तानिएको छ।
मन्त्रालयले सहसचिव कमलराज ढकाललाई भोजपुर र सहसचिव जयनारायण आचार्यलाई कास्कीको प्रमुख जिल्ला अधिकारी बनाएर पठाएको छ। कास्कीमा प्रमुख जिल्ला अधिकारी रहेका थानेश्वर गौतम गृह मन्त्रालय तानिएका छन्।

Facebook Comments


























