चितवन, असोज ११ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २६२ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९६ दशमलब २ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, १ हजार २८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १२ हजार ८१ जनाको पीसीआर परीक्षणमा ९७५ र ३ हजार ४०७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३०७ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























