चितवन, असोज ११ । नेपाली काँग्रेस भरतपुर महानगर सभापतिमा चित्रसेन अधिकारी विजयी भएका छन्। उनले ६४९ मत प्राप्त गरे। उनका निकटतम प्रतिद्धन्दी भरत अधिकारीले ५४६ मत प्राप्त गरे।
महानगर सभापतिकै अन्य उम्मेदवारहरु हिरामणी अधिकारीले १२९, बचन कार्कीले ७५ तथा अर्जुनप्रसाद रिजालले २६ मत प्राप्त गरेका छन्। यस्तै महानगर उप सभापतिमा वुद्धिकान्त न्यौपाने र विजय घले बिजयी भएका छन्। न्यौपानेले ६६१ तथा घलेले ५५६ मत प्राप्त गरेका छन्।
महानगर सचिवमा प्रनिशा गुरुङ विजयी भएकी छन्। गुरुङले ५६४ मत प्राप्त गरिन्। उता सह सचिवमा उपेन्द्र पण्डित र कल्पना खड्का पौडेल विजयी भएका छन्। पण्डितले ५१३ तथा पौडेलले ४२० मत प्राप्त गरेका छन्।
Facebook Comments


























