चितवन, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३७१ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९६ दशमलब १ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ९ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ७ हजार ५० जनाको पीसीआर परीक्षणमा ७९० र ३ हजार ५२९ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६३ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























