चितवन, असोज ९ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आज (शनिबार) ६४ जिल्लाका पालिकामा अधिवेशन शुरू हुँदैछ।
वडा अधिवेशन सम्पन्न भएका जिल्लाको पालिका एवम् नगर अधिवेशन हुन लागेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ। क्रियासिल विवाद कायम रहेका जिल्लामा कहिले अधिवेशन गर्ने भन्नेबारे निर्णय हुन बाँकी छ।
काठमाडौँको नगर अधिवेशन भने यही असोज १६ गते हुनेछ। दश प्रतिनिधिसभा निर्वाचन क्षेत्र र २० प्रदेशसभा निर्वाचन क्षेत्र रहेको काठमाडौँमा काठमाडौँ महानगरपालिकासहित ११ स्थानीय तह र १३८ वडा रहेका छन्।
शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकले पार्टीको १४ औं महाधिवेशनको मिति नसर्ने स्पष्ट पारेको थियो ।पार्टीको केन्द्रीय महाधिवेशन मंसिर ९(१३ गते हुनेछ।
Facebook Comments


























