काठमाडौं, असोज ६ । नेपाली कांग्रेसले वडा अधिवेशन सकिएका जिल्लाहरुमा यसअघिकै कार्यतालिका अनुसार यही असोज ९ गते नै स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको छ।
बुधबार बसेको पदाधिकारी बैठकले वडा अधिवेशन सम्पन्न भएका जिल्लामा स्थानीय तहको अधिवेशन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रका शर्माले जानकारी दिए।
क्रियाशील सदस्यता विवादका कारण अझै १३ जिल्लामा वडा अधिवेशन हुन सकेको छैन। यसअघि असोज ५ गतेसम्म सम्पूर्ण जिल्लाको वडा अधिवेशन सम्पन्न गर्ने कार्यतालिका बनाइएको थियो। तर, क्रियाशील सदस्यता विवादका कारण १३ जिल्लामा अधिवेशन हुन सकेको छैन।
७५३ वटै स्थानीय तहको अधिवेशन एकैदिन गर्ने भनिएकोमा अब त्यस्तो नहुने भएको छ।
Facebook Comments


























