आजको राशिफल बि.सं. २०७८ साल असोज ५ गते मंगलवार ई.सं.२०२१ सेप्टेम्बर २१ नेपाल सम्बत ११४१ ञंलाथ्व भदौ शुक्ल पूणिमा राक्षस नामक संवत्सर, सूर्य दक्क्षीणयान, वर्षा ऋतु, भाद्र शुक्ल पूर्णिमा तिथी, चन्द्रमा कुम्भ राशिमा, पूर्वभाद्र नक्षत्र, शुल योग, विष्टि वा भद्रा करण ।
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज स्वास्थ्यमा खर्च बढ्नसक्छ । यात्रामा मालसामान हराउन सक्छ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा होला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) स्वास्थ्य सम्बन्धी चिन्ता बढ्नेछ । बन्न लागेको काम बिग्रिनेछ । सामान हराउने वा चोरी हुने सम्भावना पनि छ, तर साँझमा आफन्तको सहयोग मिल्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । टाउको एवं आँखा दुख्ने तथा रुघा लाग्ने जस्ता समस्याले सताउन सक्छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । कहीँकतैबाट कुनै उपहार प्राप्त होला ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । लक्ष्मी प्रसन्न हुने योग छ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज भाग्यले विभिन्न अवसर जुराउनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । कसैलाई सापटी दिएको रकम फिर्ता मिल्न पनि सक्छ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) शुभ आरम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । स्वास्थ्य राम्रो रहनेछ भने परिवारको खुसीका निम्ति केही खर्च हुनसक्छ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । ज्यो.प. नारायणप्रसाद दुलाल
























