चितवन, असोज २ । नेपालमा पछिल्लो २४ घण्टामा १ हजार २३४ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, १ हजार ६६जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ५४० जनाको पीसीआर परीक्षणमा ८ सय ३५ र २ हजार ८१८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २३१ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























