चितवन, भदौ ३१ । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६८९ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु देशभरका विभिन्न अस्पतालहरुबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै नेपालमा कोरोना भाइरसबाट हालसम्म निको हुनेको संख्या ७ लाख ४५ हजार २१५ पुगेको छ।
यस्तै, १ हजार ५११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ११ हजार २०८ जनाको पीसीआर परीक्षणमा १ हजार १६५ र ३ हजार ९७१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४६ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























