काठमाडौं, भदौ ३१ । एमाले अध्यक्ष केपी ओलीले पार्टीलाई विभाजन हुनबाट नेताहरूले जोगाउन नसकेको बताएका छन्। काठमाडौं जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेलाई नेताहरूले जोगाउन नसकेको बताएका हुन्।
‘एमालेलाई नेताहरूले जोगाउन सकेनन्। एमालेलाई जोगाउन तपाइँ कार्यकर्ताहरूलाई लाल सलाम’, अध्यक्ष ओलीले भने, ‘हामीले होइन, तपाईहरूले पार्टी जोगाउनुभयो।’
कम्युनिस्ट आन्दोलनलाई भत्काउन खोजिएको र यसका लागि एमालेलाई टुक्राउन खोजिएको भन्दै उनले यसलाई रोक्न कम्युनिस्ट एकतासमेत गरेको स्मरण गराए। ‘जसकारण कम्युनिस्टलाई भत्काउन नसक्ने गरी जनमत आए पनि केहीमा देखिएको व्यक्तिगत स्वार्थले त्यसलाई कायम राख्न सकिनौं,’ उनले भने।
Facebook Comments


























