चितवन, भदौ २६ । नेकपा एमालेका नेता महेश बस्नेतले अहिलेको संसदले केही दिन नसक्ने बताएका छन्। उनले अर्ली इलेक्शन नै उत्तम विकल्प भएको तर्क गरे।
‘यो संसदले केही दिन सक्दैन, विकृति र विसंगति मात्र जन्माउँछ,’ बस्नेतले पत्रकार भेटघाटमा भने, ‘अर्ली इलेक्सन उत्तम विकल्प हो।’ संसदले विजनेश पनि दिन नसक्ने उनको भनाई थियो।
बस्नेतले चुनावमा जान गठबन्धनका दलहरुलाई चुनौती दिए। उनले भने, ‘निर्वाचनमा आऊ सक्छौं भने एक्लै एक्लै आऊ सक्दैनौं भने मिलेर आऊ एमाले लड्न तयार छ।’
अहिलेको सरकारमा नेतालाई मन्त्रीको आशा र कार्यकर्तालाई ठेक्काको आशा रहेको आरोप लगाए। कार्यकर्तालाई गठबन्धनका नेताहरुले प्रलोभनमा पारेको तर्क गरे।
‘एमाले ज्युँदो बाघ हो मरेको बाघ सम्झेर जुँघा उलेख्न नआउनु,’ बस्नेतले चेतावनीका साथ भने। उनले धाँधली र सत्ता दुरुपयोग हुनसक्ने भएपनि आफूहरु नडराएको बताए।


























