काठमाडौं, भदौ २४ । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयमा समान धारणा बनाउन सत्तारुढ गठबन्धनको बैठक बसिरहेको छ। बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीको बैठक बसिरहेको छ।
एमसीसी सदनबाट पारित गर्ने या नगर्ने विषयमा सत्तारुढ दलरूबीच फरक फरक विचार भएपछि समान धारणा बनाउन उनीहरुको बैठक बसेको हो।
चार दिने नेपाल भ्रमणका लागि एमसीसीका उपाध्यक्ष फातेमा सुमार नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार काठमाडौँ आएको छ। सो प्रतिनिधिमण्डलले बिहीबार प्रमुख प्रतिपक्षी दलका नेता एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटिसकेको छ।
Facebook Comments


























