भदौ २३ । इन्डोनेसियाको राजधानी जकार्तास्थित एक जेलमा भीषण आगलागी भएको छ। आज बिहान २ बजेतिर टाङेर्याङ जेलमा आगलागी हुँदा कम्तीमा ४१ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ।
४० जना क्षमताको एउटा ब्लकमा १२२ कैदी सुतिरहेका बेला आगलागी भएको जनाइएको छ। आगलागी भएको सो ब्लकमा लागुऔषध सम्बन्धी अपराधका लागी दोषी कैदीहरु राखिएको थियो।
घटनामा दर्जनौं घाइते भएका छन्। आगलागीको कारण खुलेको छैन। तथापि विद्युत सर्ट भएर आगो लागेको हुन सक्ने इन्डोनेसियाली सुधार संस्थाहरुका प्रवक्ताले जनाएका छन्। एजेन्सी
Facebook Comments


























