काठमाडौं, भदौ १६ । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी भन्दा आफ्नो पार्टी मजबुत रहेको दावी गरेका छन्।
बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै अध्यक्ष ठाकुरले निर्वाचन आयोगबाट आफ्नो नयाँ पार्टी दर्ता भएपछि जसपा भन्दा बलियो रहेको दाबी गरे। उनले अब निरन्तर पार्टीलाई बिस्तार गर्ने र सदस्य संख्या बढाउने गरी अधिवेशनतर्फ आफूहरुको ध्यान रहेको बताए।
अध्यक्ष ठाकुरलगायतका नेतालाई जनकपुर एयरपोर्टमा नेता कार्यकर्ताहरुले भव्य स्वागत गरेका छन्। उनीहरुको स्वागतमा लोसपाका युवा कार्यकर्ताले जनकपुरधाममा मोटरसाइकल जुलुस समेत गरेका छन्।
Facebook Comments


























