भदौ १६ । गायक प्रताप दासको स्वरमा समावेश ‘नाम केवल तिम्रो’ सार्वजनिक गरिएको छ। सागर अधिकारीको संगीत रहेको यो गीतमा गीतकार डाक्टर डीआर उपाध्यायको शब्द समावेश छ। यो गीतले आफूले माया गरेकी मायालुको तारिफ गरेको छ। गीतको भिडियोमा अनुप बोहरा र रक्षा न्यौपानेको अभिनय हेर्न सकिन्छ।
कृष्ण पौडेलको निर्देशन रहेको भिडियोमा सुजन श्रेष्ठको छायाँकन र युवराज खत्रीको सम्पादन छ।
Facebook Comments


























