चितवन, भदौ १६ । नेकपा एमाले परित्याग गरेका वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण खनालले राजीनामा दिएका छन्। अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनेकै दिन मन्त्री बनेका खनालले १५ दिन नवित्दै मन्त्री पदबाट राजीनामा दिएका हुन्।
खनालले बुधवार नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका थिए। उनीसहित १२ सांसदले एमाले छाडेपछि सरकार अल्पमतमा परेको छ।चितवनबाट निर्वाचित खनाल नेकपा एमालेको केन्द्रीय सदस्य समेत थिए। आफूले एमाले त्यागेको र मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई काम गर्न सहज होस भनेर राजीनामा दिएको उनले बताएका छन्।
Facebook Comments


























