चितवन, भदौ १३ । लगातारको वर्षासँगै आएको बाढीले चितवनको माडी-ठोरी सडक अवरुद्ध भएको छ। माडी नगरपालिका वडा नं ३ र ४ को सीमानामा पर्ने मगई खोलामा आएको बाढीले सडक अवरुद्ध भएको हो।
सडक अवरुद्ध भएपछि गन्तव्यमा हिडेका सवारीसाधन बीच बाटोमै रोकिएका छन्। उक्त खोलामा अहिले पक्की पुल निर्माण भइरहेको छ। पानी पर्ने क्रम नरोकिएसम्म सडक सञ्चालन गर्न सम्भव नरहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ।
Facebook Comments


























