चितवन, भदौं १३ । नारायणी नदीले सतर्कता तह पार गरेको छ। नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकोले चितवन र नवलपरासीका तटीय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।
नारायणी नदी देबघाट बाढी मापन केन्द्रमा दिउसो ३ बजे जलसतह सतर्कता तह पार गरेको हो।
नारायणीमा पानीको बहाब ७.३४ मिटर पुगेको छ। नदीमा पानीको बहाव बढिरहेकाले खतराको तह आसपास पुग्न सक्ने भन्दै सतर्क रहन चितवन प्रशानसले आग्रह गरेको हो। पानीको सतह ७३ मिटर सतर्कता तह मानिन्छ।
Facebook Comments


























