चितवन, भदौ १२ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना कोरोना संक्रमणमुक्त भएकाछन्। उनीहरु मुलुकका विभिन्न अस्पतालबाट संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। निको हुने दर ९३.७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, १ हजार ८५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार ४०९ जनाको पीसीआर परीक्षणमा १ हजार ५१६ र ३ हजार ७६७ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३४१ जनामा कोरोना पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा थप २७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























