चितवन ११ भदौ । चितवनमा डिप्लोमा इन सिभिल इन्जिनियरिङको परीक्षा दिने दुई जना नक्कली परीक्षार्थी पक्राउ परेका छन्। भरतपुर महानगरपालिका वडा नम्बर १० स्थित नारायणी बहुप्राविधिक शिक्षालयको परीक्षा केन्द्रमा अर्कैको नाममा परीक्षा दिइरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार उनीहरुलाई पक्राउ गरेको हो।
चितवनका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाका अनुसार केम्ष्ट्री विषयको आंशिकतर्फको परीक्षा दिइरहेको अवस्थामा सर्लाही जिल्ला बरहथवा नगरपालिका वडा नम्बर ६ बस्ने वर्ष २१ का दीपकुमार राय र अर्का एक जना १७ वर्षका नाबालक (उमेर कम भएकोले परिचय नखुलाइएको)लाई पक्राउ गरिएको हो।
परीक्षा केन्द्रका कर्मचारीले शंकास्पद अवस्थामा परीक्षा दिइरहेको फेला पारेपछि प्रहरीद्वारा पक्राउ परेका दुवै जनामाथि चितवन जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता थापाले बताए।


























