साउन ३२ । तालिबान राजधानी काबुल प्रवेश गरेपछि देश छाडेका भागेका अफगानिस्तानका राष्ट्रपति असरफ घानीले रक्तपात रोक्न देश छाड्ने कठिन निर्णयमा पुगेको बताएका छन्।
आफ्ना नागरिकलाई फेसबुकमा सम्बोधन गर्दै घानीले लेखेका छन्, ‘राजधानी (काबुल) छाड्नु एक कठिन निर्णय थियो, रक्तपात रोक्न मैले यस्तो निर्णय गरेको हुँ।’
आफूले देश नछाडेको भए काबुलमा तालिबानसँग झडप हुने र लाखौं नागरिकको जिन्दगी खतरामा पर्ने उल्लेख गर्दै उनले भनेका छन्,’ विद्रोहीहरूले बलपूर्वक जितेका छन् अब अफगान जनताको इमान, सम्पत्ति तथा आत्मसम्मान रक्षा गर्ने जिम्मा पनि तिनैको हो।’
घानी कहाँ छन् भन्ने अझै खुलेको छैन। उनी काजकिस्तान गएको जनाइए अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुको पछिल्लो विवरणमा उज्वेकिस्तानमा शरण लिएर बसेको जनाइएको छ। एजेन्सी
Facebook Comments


























