साउन २२ । बलिवुड अभिनेता अक्षयकुमारको नयाँ फिल्म बेल बटम सिनेमा हलमा रिलिजको दुइ सातामै ओटीटी प्लेटफर्ममा रोलिज हुने भएको छ।
बेल बटमलाई ओटीटीमा ल्याउन अमेजन प्राइमले सम्झौता गरेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। अब सिनेमाघरमा रिलिज भएको दुइ साता पछि अक्षयकुमारको बेल बटम अमेजन प्राइममा रिलिज हुने भएको छ। अमेजन प्राइमले बेल बटमका लागि ४५ करोडको सम्झौता भएको छ।
बेल बटम १९ अगस्तमा रिलिज हुने भएको छ। कोरोना महामारीका कारण सबै सिनेमा हाल नखुलेको र सिनेमा हलमा प्रयाप्त दर्शक नआएको अवस्थामा फिल्म रिलिज हुन लागेको हो।
तर बलिवुड फिल्मको प्रमुख केन्द्र मानिएको महाराष्ट्रमा अझै सिनेमा नखुलेकोले फिल्म अन्य राज्य र विदेशमा रिलिज हुने देखिन्छ। यस्तोमा फिल्मका प्रमुख दर्शक ओटीटी प्लेटफर्मनै हुने भएको छ।
बेल बटममा अक्षयकुमारका अलावा बाणी कपूर, हुमा कुरेशी, लारा दत्तालगायतको अभिनय रहेको छ।


























