चितवन, साउन ९ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार १९७ जना कोरोना संक्रमित निको भएका छन्। उनीहरु देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यस्तै, ३ हजार ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १० हजार ६२५ जनाको पीसीआर परीक्षणबाट २ हजार ३०९ र ४ हजार २८५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०५ जना गरी जम्मा ३ हजार १४४ जनामा संक्रमण पुष्टि भएको हो।
पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
Facebook Comments


























