चितवन, साउन ८ । चितवन राष्ट्रिय निकुञ्जमा भाले गैँडा मृत फेला परेको छ। निकुञ्जको धुधौरा क्षेत्रमा बिहीबार अन्दाजी २५–३० वर्षको भाले गैँडा मृत फेला परेको निकुञ्जले जनाएको छ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार दुईवटा भाले गैँडा एकआपसमा जुधेर उक्त घटना भएको निकुञ्जको अनुमान छ। मृत्यु भएको गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीले बताए। योसँगै चितवन राष्ट्रिय निकुञ्जमा चालु आर्थिक वर्षमा तीनवटा भाले गैँडाको मृत्यु भएको छ। रासस
Facebook Comments

























