चितवन, साउन ४ । चितवन राष्ट्रिय निकुञ्जमा आइतबार दुई गैँडा मृतावस्थामा फेला परेका छन्। तीमध्ये एउटा बूढो र अर्को केटा छन्। निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार कसरा नजिकै राप्ती नदी किनारमा दुई महिनाको केटा मृतावस्थामा फेला परेको हो। उनले बाघको आक्रमणबाट मरेको हुन सक्ने बताए।
यसैगरी अमलटारी सेक्टरअन्तर्गत रतनपुर घाटमा अन्दाजी ३० वर्षको गैँडा मृतावस्थामा फेला परेको छ। नारायणी नदीका किनारमा बालुवामा गढिएका अवस्थामा भाले गैँडा भेटिएको हो। ती गैँडाको खाग र खुर सुरक्षित रहेको जनाउँदै उनले दुवै प्राकृतिक कारणले मरेको बताए। गत आर्थिक वर्षमा प्राकृतिक कारण र चोरी र शिकारले निकुञ्जमा ३२ र अघिल्लो आवमा प्राकृतिक कारणले २६ गैँडा मरेका थिए। रासस
Facebook Comments


























