काठमाडौं, साउन ३ । प्रतिनिधिसभाको दोस्रो बैठकबाट प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेका छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकबाट भएको मतदानमा कूल २४९ मत खस्दा प्रधानमन्त्री देउवाले १६५ मत प्राप्त गरेर आफूलाई प्रधानमन्त्री पदमा सुरक्षित गर्न सफल भएका हुन्।
विपक्षीमा भने जम्मा ८३ मतमात्रै आएको थियो भने एक जना सांसद तटस्थ बसेका थिए। सभामुख अग्नीप्रसाद सापकोटाले प्रधानमन्त्री ओलीले बहुमत प्राप्त गर्न सफल भएको जानकारी गराएसँगै आइतबार राति अबेर बैठक सकाएका छन्। अर्को बैठक भने साउन ८ गते शुक्रबारको लागि बोलाइएको छ।
Facebook Comments


























