काठमाडौं, साउन ३ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज (आइतबार) बस्दैछ।
आइतबार अपराह्न ४ बजे प्रतिनिधिसभाको बैठक बस्ने संसद सचिवालयले जनाएको छ। संघीय संसदका महासचिव डा.भरतराज गौतमले सार्वजनिक गरेको सम्भावित कार्यक्रम अनुसार आइतबार हुने संसदको आठौँ अधिवेशनमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन्।
यस्तै सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउने कार्यक्रम छ।
सम्भावित कार्यसूचीअनुसार सभामुखले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने कार्यक्रम रहेको छ। यसैगरी निधन भएका पूर्व सांसद एवं संविधान सभा सदस्यहरूप्रति शोक प्रस्ताव पारित गरिने कार्यसूची छ।
Facebook Comments


























