असार ३१ । पाकिस्तानका पूर्व राष्ट्रपति ममनुन हुसेनको बुधवार कराँचीमा निधन भएको छ। लामो समय बिरामी रहेका उनको ८० वर्षको उमेरमा निधन भएको हो।
पाकिस्तान मुस्लिम लिग (पीएमएल) को तर्फबाट राष्ट्रपति बनेका हुसेनले सन् २०१३ देखि सन् २०१८ सम्म पाकिस्तानको १२ औं राष्ट्रपतिको रूपमा सेवा गरेका थिए। उनीपछि पाकिस्तानी राष्ट्रपतिमा आसिफ अली जरदारीले १३ औँ पाकिस्तानी राष्ट्रपति रूपमा काम गरेका थिए।
गतवर्ष फेब्रुअरीमा उनलाई क्यान्सर भएको पत्ता लागेको थियो भने केही दिनदेखि उनलाई कराँचीको एक निजी अस्पतालमा उपचार चलिरहेको थियो। उनको उपचारका क्रममा निधन भएको हो।
हुसेनका श्रीमती र तीन छोरा छन्। राष्ट्रपति आरिफ अल्वीले हुसेनको निधनमा दुःख व्यक्त गर्दै शोक व्यक्त गरेका छन्। एजेन्सी
Facebook Comments


























