असार ३१ । गीतकार तारा अधिकारीको नयाँ गीत ‘तिम्रै लागि’को म्युजिक भिडियो सार्वजनिक भएको छ। सुनौलो तारा युट्युब च्यानलबाट दर्शकमाझ आएको गीतमा इन्दिरा जोशीको स्वर छ। गीतमा संगीत हरि लम्साल र संगीत संयोजन उदयराज पौडेलको छ। अकस्टिक रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको हो। गीतमा चन्द्र चौधरीको मिक्सिङ छ।
भिडियोमा विकास लामिछाने, उषा उप्रेती, धर्मेन्द्र आचार्य, रियांशी थापा, गोविन्द काफ्ले, डा.अनिलकुमार भट्ट र डा.उमा क्यालको अभिनय छ। रमेश थापाको निर्देशनमा तयार भएको भिडियोमा शिव ढकालले छायांकन र नकुल खड्काले सम्पादन छ। म्युजिक भिडियोको चन्द्र विनायक फिल्म प्रोडक्सनमा पोष्ट प्रोडक्सन गरिएको हो।
गीतमा सम्पन्न परिवारकी युवतीले आफ्नो प्रेमीका लागि घर छाडेपछि उत्पन्न हुने जीवन र त्यसमा आउने उतारचढाव देखाइएको छ।
निर्देशक थापाले बिहेपछि वैदेशिक रोजगारमा श्रीमान् गएपछि श्रीमतीलाई पर्ने समस्या र समाजले हेर्ने दृष्टिकोण देखाउन खोजिएको बताउँदै यसलाई दर्शकले मन पराउने विश्वास लिए।
https://www.youtube.com/watch?v=oHPufhkNylk


























